एजेन्सी— बार्सिलोनाका समर्थकहरुले लामो समयदेखि जे डर मानेका थिए, त्यही दिन आएको छ ।

मेसी अब बार्सिलोनाका खेलाडी रहेनन्, आफ्नो पहिलो व्यवसाहिक सम्झौता गरेको ७ हजार ५ सय ४ दिनपछि यो पहिलोपटक हो, जतिबेला मेसीसँग क्लबको कुनै सम्झौता बाँकी छैन ।

जुलाई महिना सुरु भएसँगै मेसी क्लबविहिन बनेका हुन् । उनी चाहेको क्लबमा जानसक्छन् । बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेसीसँगको पुरानो सम्भौता सकिनु अगावै उनीसँग नयाँ सम्झौता गर्ने योजना बनाएका थिए, तर क्लबको आर्थिक समस्याका कारण ३० जुन अगावै सम्झौता गर्ने योजना सफल भएन ।

यसको अर्थ मेसीले क्लब नै छाड्दैछन् भन्ने पनि होइन । किनकी, क्लबका अधिकारी तथा प्रशंसकहरुलाई मेसीले नयाँ सम्झौतामा हस्ताक्षर  गर्छन् भन्ने नै लागेको छ । मेसीले केही दिनभित्रै नयाँ सम्झौत ागर्ने अनुमान गरिएपनि केही पक्का भने भइसकेको छैन । मेसी अहिले कोपा अमेरिका फुटबल प्रतियोगिता खेल्नका लागि अर्जेन्टिनाको टोलीमा छन् ।

बार्सिलोनाका अध्यक्ष लापोर्टाले फ्यानहरुलाई शान्त रहन भनेका छन् । उनी चाडोंभन्दा चाडों मेसीसँग सम्झौता गर्न चाहन्छन् ।

स्थानान्तरणको हल्ला
मेसीका लागि ठूलो खर्च गर्नुपर्ने भएकाले चाहेर पनि सबै क्लबले मेसीलाई भित्र्याउन सक्दैनन् । विगतमा पेरिस सेन्ट जर्माइन, म्यानचेस्टर सिटी र इन्टर मिलानले मेसीलाई भित्र्याउने विषयमा चासो दिएका थिए ।

तर, यसपटक अन्य क्लबहरुसँग उनको कुराकानी भएको छैन ।

किनकी, जोआन लापोर्टा अध्यक्ष बनेर आएपछि मेसीलाई क्लबमै राख्ने कुरालाई प्राथमिकता दिइएको छ । त्यसैकारण, मेसी आफ्नो बाल्यकालदेखिकै क्लबमा बस्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय