document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3671;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
लहान— कमला नदीको बीच भागमा घेरिएका तीन महिलासहित चार जनालाई आठ घण्टापछि आज बेलुका सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ ।
नदीको बीच भागमा रहेको जङ्गलमा आज बिहान दाउरा खोज्न गएका सिरहाको कर्जन्हा नगरपालिका—३ सुन्दरपरे निवासी ४५ वर्षीया कारीदेवी मुखिया, सोही ठाउँका ४० वर्षीया मर्नीदेवी दराई र ३५ वर्षीया विमला राई नदीमा अचानक आएको बाढी तर्न नसकेर बीच भागमा घेरिएका थिए ।
बाढीमा घेरिएको सूचनाको आधारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले डुङ्गाको सहारामा लामो प्रयासपछि तीनै महिलालाई सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उद्धार गरिएका महिलालाई आफन्तको जिम्मा लगाइएको प्रनाउ श्रेष्ठले बताउनुभयो ।
यस्तै सोही नदीको बीच भागमा पर्ने जङ्गलमा छाप्रो थापेर बस्दै आएका धनुषाको कजरा निवासी ४० वर्षीय साधु बाबालाई समेत उद्धार गरेको प्रहरीले जनाएको छ । रासस
फाइल फोटो










