काठमाडाैं— पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार १८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८८९ जना कोरोना संक्रमित भेटिएका छन् ।

४ हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमण दर २६ प्रतिशत पुगेको छ ।

जोखिम अझै नहटेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गरे । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ ।

यस अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ५९७ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । तीमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा छन् ।

३ हजार १७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण ९ हजार ११२ जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी संक्रमित हुने जिल्लाको संख्या १७ छ । पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढ्न थालेको तथ्यांकले देखाएको छ । मंगलवार संक्रमण पुष्टि भएको २ हजार ६३६ भन्दा बुधवार २५६ जना बढी थपिएका छन् ।

सोमवार २ हजार ४४४ जना संक्रमित भेटिएका थिए ।  आइतवार १ हजार ९२० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय