document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3630;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडाैं— नेकपा माओवादी केन्द्रले कारवाही गरेर पदमुक्त गरेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई कारवाहीको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
निर्वाचन आयोगको सूचना प्रकाशित गरेर पदमुक्त गरिएको जानकारी गराएपछि सर्वाेच्चमा रिट परेको थियो ।
मंगलवार न्यायाधीश कुमार चुँडालको एकल इजलासले निवेदकले माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेकाले पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश गरेको छ ।
प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाका प्रमुखहरूले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवं अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरिएको छ ।
नेकपा माओवादी केन्द्रले कारवाही गरेको जानकारी दिएपछि निर्वाचन आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर पदमुक्त गरेको थियो ।










