document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3627;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
कञ्चनपुर— दोस्रो चरणको महामारी फैलिएपछि कञ्चनपुरमा बन्द सार्वजनिक यातायात दुई महिनापछि सञ्चालनमा आएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकको निर्णयअनुसार जनस्वास्थ्यका मापदण्ड अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन आएको हो ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार जिल्लाभित्र जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी आजदेखि बिहान ०६ बजेदेखि साँझ ७ बजेसम्मका लागि सवारी साधन सञ्चालन गर्न दिइने भएको छ । स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएपछि सार्वजनिक सवारी बन्द भएका थिए । अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधन भने निर्वाध रूपमा सञ्चालन गर्ने दिइने भएको छ ।
जिल्ला बाहिर जाने एम्बुलेन्स र मालवाहक ढुवानीका साधन बाहेक अन्य सवारी साधनको हकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पास लिनुपर्ने छ । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो गरी असार २१ गतेसम्म निरन्तरता दिएको छ । पसल खोल्ने समय तीन घण्टा बढाएर साँझ ६ बजेसम्म पुर्याइएको छ । यसअघि बिहान ०६ देखि दिउँसो ३ बजेसम्म मात्रै पसल खोल्न दिने गरिएको थियो ।
औषधि, दूधसहित अत्यावश्यक सेवाका पसल भने निषेधाज्ञामा पनि खोल्न दिइएको छ । उद्योग तथा कलकारखाना सार्वजनिक तथा नीति निर्माणका कार्य जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णपालना गर्ने गरी सञ्चालन गर्न दिइने छ । कोरोना महामारीको सङ्क्रमण दर कम हुन थालेपछि जेठ अन्तिम मसान्तदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको हो । खुला ठाउँमा भेला हुन, जुलुस, जात्रा, भीडभाड, सभासम्मेलन, तालिम, गोष्ठीमा भने रोक लगाइएको छ ।
विवाह व्रतबन्ध तथा सामूहिक धार्मिक कार्यक्रममा १० जना बाहेक त्यसभन्दा बढीलाई सहभागी हुन नपाइने भएको छ । शैक्षिक गतिविधि भौतिक उपस्थितिमा गर्न नपाई नियम लागु गरिएको छ । तोकिएका सीमा नाका गड्डाचौकी र गौरीफण्टाबाट मात्रै भारतबाट आउने जानेलाई स्वास्थ्यका मापदण्ड अपनाई प्रवेश दिइने भएको छ ।










