जनकपुरधाम— संघिय सरकारकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीलाई गृहजिल्ला महोत्तरीमा भव्य स्वागत गरिएको छ ।

मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला महोत्तरी पुगेकी मन्त्री चौधरीलाई मटिहानी स्थानीयहरुले भव्य स्वागत गरेका हुन् ।

मटिहानी नगरपालिकाद्धारा आयोजित स्वागत तथा सम्मान समारोह कार्यक्रममा मन्त्री चौधरी सहभागी भएकी थिइन् ।

यसैबीच मन्त्री चौधरीले शनिवार विहान जानकी मन्दिरमा पुजाआजा समेत गरेकी छन् । जानकी मन्दिरका मुख्य पुजारीले मन्त्री चौधरीलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय