काठमाडौं— नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।
गत जेठ ९ गते मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेको थियो ।








