document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3158;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको काम चलाउ सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई विस्तार गरेका छन् ।
सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।
२५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री रहेका छन् ।
ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । यस्तै तत्कालिन गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाएका छन् ।

विस्तारित मन्त्रिपरिषद्मा प्रदेश नं २ बाट थप दुइनेता अवसर पाएका छन् । जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । यस्तै पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् । प्रदेश २ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित उनी एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएकी थिइन् ।











