जनकपुरधाम— प्रदेश नम्बर २ सरकारको नीति तथा कार्यक्रम भोलि बिहीवार प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।

सभामुख सरोजकुमार यादवले बुधवार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेबारे जानकारी दिए ।

प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले बिहीवार दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहको सशर्त अनुदान योजना सन्दर्भमा उत्पन्न समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि मंगलवारदेखि अवरूद्ध प्रदेशसभा बैठक बुधवार पुनः सञ्चालन भएको छ ।

सशर्त अनुदान योजनामा प्रदेशसभा सदस्यले पेश गरेको योजना नसमेटिएको, स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै विपक्षी दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यले बैठक अवरूद्ध गरेका थिए ।

बुधवारको बैठकमा मुख्यमन्त्री राउतले स्थानीय तहको सशर्त अनुदानको योजना सच्याउने प्रतिवद्धता व्यक्त गर्दै सोका लागि कानून मन्त्रीलाई निर्देशन दिएका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय