document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3108;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
नयाँ दिल्ली— भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम हुन थालेको छ ।
सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट संक्रमित थपिएका छन् ।
लामो समयपछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना संक्रमित भएको देखाइएको थियो ।
त्यसैगरी, त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना संक्रमित भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरूको कुल संख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ ।
मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या १२ लाख ३१ हजार ४१५ रहेको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरूको संख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ ।
पछिल्लो २४ घन्टामा देशभरि कोरोनाका कारण कुल दुई हजार २१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको संख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ । रासस/एएनआई










