विशेष रिपोर्ट

प्रदेश २ का मुख्यमन्त्री राउतद्वारा प्रमुख जिल्ला अधिकारीहरुसंग छलफल

657 Shares जनकपुरधाम— मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको वर्तमान अवस्था बारे आठ बटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु संग छलफल गर्नु भएको छ । मुख्यमन्त्री तथा […]
[sharethis-inline-buttons]
प्रदेश २ का मुख्यमन्त्री राउतद्वारा प्रमुख जिल्ला अधिकारीहरुसंग छलफल

जनकपुरधाम— मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको वर्तमान अवस्था बारे आठ बटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु संग छलफल गर्नु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आयोजना गरे भर्चुअल सम्बादमा मुख्यमन्त्री राउतले आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु संग जिल्लाको वर्तमान अवस्था, सरकारले चालेका कदमहरुको प्रभाव र अगामी दिनमा अपनाउनु पर्ने रणनीतिहरु बारे जानकारी लिनु भएको हो ।

छलफलमा प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा रहेको कोरोना संक्रमितहरुको अवस्था , अस्पतालहरुमा थप गर्नु पर्ने सुविधा बारेमा जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारीहरुको व्रिफिङ्ग पछि मुख्यमन्त्री राउतले जिल्लाहरु बाट भएको मांगहरु बारे प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्र र मन्त्री परिषदको बैठकबाट निर्णय गरिने जानकारी गराउनु भएको छ ।

बैठकमा प्रमुख सचिव गोकर्ण मणि दुवाडी सहित सरोकारबला मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर