document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2994;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम— मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको वर्तमान अवस्था बारे आठ बटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु संग छलफल गर्नु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आयोजना गरे भर्चुअल सम्बादमा मुख्यमन्त्री राउतले आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु संग जिल्लाको वर्तमान अवस्था, सरकारले चालेका कदमहरुको प्रभाव र अगामी दिनमा अपनाउनु पर्ने रणनीतिहरु बारे जानकारी लिनु भएको हो ।
छलफलमा प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा रहेको कोरोना संक्रमितहरुको अवस्था , अस्पतालहरुमा थप गर्नु पर्ने सुविधा बारेमा जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारीहरुको व्रिफिङ्ग पछि मुख्यमन्त्री राउतले जिल्लाहरु बाट भएको मांगहरु बारे प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्र र मन्त्री परिषदको बैठकबाट निर्णय गरिने जानकारी गराउनु भएको छ ।
बैठकमा प्रमुख सचिव गोकर्ण मणि दुवाडी सहित सरोकारबला मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु समेत उपस्थिति रहेको थियो ।









