एजेन्सी— भारतमा कोरोनाको दोस्रो लहर कमजोर हुँदै गइरहेको छ । सोमबार यहाँ १ लाख ९५ हजार ६८५ मानिसहरु संक्रमित भेटिए । यो आँकडा पछिल्लो ४२ दिनमा सबैभन्दा कम हो ।

यसअघि १३ अप्रिलमा १ लाख ८५ हजार ३०६ जना कोरोनाद्वारा पोजेटिभ पाइएका थिए ।

यद्यपि, मृत्युको आँकडा सरकार र मानिसका लागि चिन्ताको विषय बनेको छ । भारतमा सोमबार ३,४९६ व्यक्तिमा कोरोनाका कारण ज्यान गुमाउनु परेको छ ।

साथै, यतिबेला ३ लाख २६ हजार ६७१ जनाले कोरोनालाई मात दिएका छन् । यसरी, उपचार गराइरहेका बिरामीको संख्यामा १ लाख ३४ हजार ५७२ को कमी रेकर्ड गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय