जनकपुरधाम— धनुषामा तेश्रो पटक निषेधाज्ञा थपिएको छ ।

धनुषामा जेठ १० गतेसम्म निषेधाज्ञा जारी रहेकोमा एक साताका लागि निषेधाज्ञा थप गरिएको हो ।

अब जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा कायम रहने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

यसअघि १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणको जोखिम कायमै रहेकोले निषेधाज्ञाको समयलाई बढाएर जेठ १७ गतेसम्म कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय