विशेष रिपोर्ट

भारतमा दैनिक घट्दै कोरोना संक्रमित : २४ घण्टामा २ लाख ६७ हजार थपिए, ३ लाख ८९ हजार निको

657 Shares एजेन्सी— भारतमा कोरोना संक्रमितको संख्यामा लगातार कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ४४ जना संक्रमित भेटिएका थिए । […]
[sharethis-inline-buttons]
भारतमा दैनिक घट्दै कोरोना संक्रमित : २४ घण्टामा २ लाख ६७ हजार थपिए, ३ लाख ८९ हजार निको

एजेन्सी— भारतमा कोरोना संक्रमितको संख्यामा लगातार कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ४४ जना संक्रमित भेटिएका थिए ।

यस्तै ३ लाख ८९ हजार ५६६ जना निको पनि भए । यसरी भारतमा उपचार गराइरहेका सक्रिय संक्रमितको संख्यामा एक लाख २७ हजार १०९ को कमी आएको छ ।

संक्रमितको संख्यामा कमी आएता पनि मृत्यु दर लगातार बढ्दो छ । अघिल्लो दिन यहाँ ४,५२५ जनाको महामारीका कारण ज्यान गएको छ । यो एक दिनमा मृत्यु भएको सबैभन्दा ठूलो आँकडा हो । यसअघि सोमबार यहाँ ४,३३४ को मृत्यु भएको थियो ।

भारतमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः २.६७ लाख

पछिल्लो २४ घण्टामा निको भएकाः ३.८९ लाख

पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,५२५

हालसम्म कूल संक्रमित भइसकेकाः २.५४ करोड

हालसम्म निको भएकाः २.१९ करोड

हालसम्मको कूल मृत्युः २.८३ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३२.२१ लाख

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर