रौतहट— रौतहटको गरुडास्थित रोमा हस्पिटलका सञ्चालक दिपेन्द्र साहको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
मंगलबार काठमाडौंस्थित एक निजी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
गरुडास्थित आफनै अस्पतालमा संक्रमित भएपछि केहिदिन घरमै बसेर उपचारपछि काठमाडौ गएका दिपेन्द्रको आज मृत्यु भएको उद्योग बाणिज्य संघ गरुडाका पूर्वअध्यक्ष रामभरोसी यादवले बताए । ४० वर्षीय साह उद्योग वाणिज्य संघ गरुडा शाखाको पूर्व उपाध्यक्ष समेत हुन् ।
साभारः रातोपाटी








