सिरहा— कोरोना संक्रमणबाट सिरहाका एक पुरुषको मृत्यु भएको छ ।
सिरहा नगरपालिका ५ निवासी ६५ वर्षीया पुरुषको कोरोना संक्रमणका कारण बिराटनगर स्थित नोबेल हस्पिटलमा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको हो ।
स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि नोबेल हस्पिटल पुग्दा गत १७ गते करोना पोजेटिभ पुष्टि भएको थियोे कोरोना पोजेटिभ भएपछि नोबेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ ।








