विशेष रिपोर्ट

भयावह बन्दै कोरोना : एकैदिन ५५ जनाको मृत्यु, ७६ सय ६० संक्रमित थपिए

657 Shares काठमाडौँ— नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का ७ हजार ६ सय ६० संक्रमित थपिएका छन् । १६ हजार १३१ पीसीआर र ५ सय ७१ […]
[sharethis-inline-buttons]
भयावह बन्दै कोरोना : एकैदिन ५५ जनाको मृत्यु, ७६ सय ६० संक्रमित थपिए

काठमाडौँ— नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का ७ हजार ६ सय ६० संक्रमित थपिएका छन् ।

१६ हजार १३१ पीसीआर र ५ सय ७१ एन्टीजेन परीक्षणमा पीसीआरतर्फ ७ हजार ५ सय ८७ र एन्टीजेनतर्फ ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसका साथै पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मृतकको कुल संख्या ३ हजार ४ सय १७ पुगको छ ।

कोरोनाका सक्रिय संक्रमितको संख्या भने ५९ हजार ७ सय ९८ छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ जना निको भएका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर