काठमाडौं— पछिल्लो २४ घण्टामा नेपालमा ४८ सय ९७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको हो । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै, काठमाडौं उपत्यकामा थप २ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन् । भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय