विशेष रिपोर्ट

नेपाली सेनाद्वारा बारामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

657 Shares बारा- नेपाली सेनाले बारा जिल्लाको करैयामाई गाउँपालिका–७ स्थित जनता माविको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले […]
[sharethis-inline-buttons]
नेपाली सेनाद्वारा बारामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बारा- नेपाली सेनाले बारा जिल्लाको करैयामाई गाउँपालिका–७ स्थित जनता माविको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री नं.२८ बाहिनी अड्डा र श्री नं.२८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधि उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं.२ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं चन्दननाथ गणको संयोजकत्वमा एक दिने निःशुल्क जनरल ओपीडी तथा डेन्टल स्वास्थ्य शिविर सञ्चालन गरिएको जंगी अड्डाले जनाएको छ।

कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट बञ्चित र दुर्गम स्थानमा रहेका बिरामीहरुलाई निःशुल्क औषधि वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको उक्त स्वास्थ्य शिविरबाट महिला १९५, पुरुष १३१ र बालबालिका ७६ जना गरि जम्मा ४१० जना सर्वसाधारणहरु लाभान्वित भएका छन्।

सेना र आम नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले महत्वपूर्ण भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर