काठमाडौं- राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। शुक्रबार बिहान गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

ट्विटरमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै खड्काले होम आइसोलेनमा रहेको बताएका छन्। दुई दिनदेखि आफूमा सामान्य लक्षण देखिएकाले सुरक्षित बसेका उनले बिहीबार बेलुकादेखि स्वाद र गन्ध नआउने लक्षण पाइएपछि शुक्रबार कोरोना परीक्षण गराएका थिए।

कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका पारसले शनिबारबाट चितवनमा हुने गौतम बुद्ध कप क्रिकेटमा सहभागिता नजनाउने भएका छन्। उनी नारायणी टिमका कप्तान थिए।

यसअघि राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, बसन्त रेग्मी र सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको थियो। उनीहरू अहिले संक्रमणमुक्त भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय