विशेष रिपोर्ट

बलात्कार आरोपमा ‘तेस्रो लिंगी’ पक्राउ

657 Shares काठमाडौं- युवती बलात्कार गरेको आरोपमा तेस्रो लिंगी सागर केसी उर्फ शारदालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको टोलीले काठमाडौं–२८ […]
[sharethis-inline-buttons]
बलात्कार आरोपमा ‘तेस्रो लिंगी’ पक्राउ

काठमाडौं- युवती बलात्कार गरेको आरोपमा तेस्रो लिंगी सागर केसी उर्फ शारदालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको टोलीले काठमाडौं–२८ बागबजार बस्ने २४ बर्षीय शारदालाई पक्राउ गरेको हो ।

दिउँसो केटा र राती केटीको रुप धारण गरेर हिँड्ने शारदाले २६ बर्षीया युवतीलाई बलात्कार गरेको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी सुनिलजंग शाहले बताए ।

शारदाले मंसिर १२ मा मध्यराती खुल्लामञ्च नजिकै  बलात्कार गरेको आरोप लागेको छ । सल्यान कुमाखमालिका गाउँपालिका–७ घर भएका उनलाई पक्रेर प्रहरीले बलात्कार मुद्धामा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर