मुम्बई- भारतीय कलाकार विश्वमोहन बडोलाको निधन भएको छ । उनको निधनको खबर उनका छोरा बरुण र पत्नी राजेश्वरी सचदेव बडोलाले सामाजिक सञ्जालमार्फत् बाहिर ल्याएका हुन् ।

बरुणले सामाजिक सञ्जालमा एक भावुक पोष्ट गर्दै बुबालाई श्रद्धान्जली दिएका छन् ।

बिश्वमोहनले अल इन्डिया रेडियोको लागि करिब ४०० नाटकमा काम गरेका छन् । यसको अलवा उनले फिल्म ‘जोधा अकबर’, ‘मुन्ना भाई एमबीबीएस’, ‘लगे रहो मुन्ना भाई’ र ‘प्रेम रतन धन पायो’मा समेत काम गरेका छन् ।

पछिल्लो समय बिश्वमोहन फिल्म ‘मिसिङ्ग’मा देखिएका थिए । बिश्वमोहनको छोरा बरुण पनि बलिउडका चिरपरिचत अभिनेता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय