document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1338;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- आज देशका थोरै ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।
बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज प्रदेश १ का थोरै तथा प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली कमजोर हुँदै गएकाले नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्छ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी प्रदेशहरुमा घाम लाग्दै बादल लाग्ने उहाँले बताउनुभयो ।










