विशेष रिपोर्ट

लियो डिस्ट्रिक्ट ३२५ एफ नेपालको बोर्ड स्कुलिङ्ग र पीभीएसटीएम ट्रेनिङ सम्पन्न

657 Shares दिवेश कुमार महतो । लियो जिल्ला परिषद ३२५ अफ नेपालको आयोजनामा ” बोर्ड स्कुलिङ्ग , क्लब पीभीएसटीएम एण्ड युथ लिडरस ट्रेनिङ” कार्यक्रम सम्पन्न […]
[sharethis-inline-buttons]
657
Shares

दिवेश कुमार महतो ।


लियो जिल्ला परिषद ३२५ अफ नेपालको आयोजनामा ” बोर्ड स्कुलिङ्ग , क्लब पीभीएसटीएम एण्ड युथ लिडरस ट्रेनिङ” कार्यक्रम सम्पन्न भएको छ ।

जुलाई २५ र २६ मा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित धुलिखेल सनराइज रिसोर्टमा भएको दुई दिवसीय कार्यक्रममा ६० जना भन्दा बढी लियो र लायन्सहरुको उपस्थित रहेको थियो । लियो जिल्ला परिषद ३२५ एफ नेपाल २०२६/२७ का अध्यक्ष लियो अकाश साहको अध्यक्षता र जिल्ला गभर्नर लायन्स इन्टरनेसनल डिस्टिक ३२५ एफ का लायन्स अजय प्रसाद खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका अध्यक्ष लियो अकाश साहले सहभागी सबै लियो , लायन्सहरुलाई स्वागत गर्दै खाँदा माला र प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो। आफुलाई जिल्ला अध्यक्षको जिम्मेवारी मा पुर्याउनु हुने सबै लियो र लायन्सहरुलाई धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला लियो क्लब चेयरपर्सन तथा पुर्व जिल्ला गभर्नर फोरम नेपाल का अध्यक्ष लायन्स मधुकर उपाध्यायले ” लियो क्लबहरुको इतिहास, परिचय र यसका मुल्य मान्यता र लियो क्लबको उदेश्य लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो भने लायन्स रामहरि फुयाँल ले डिजिटल नेतृत्व विषयमा प्रशिक्षण दिनु भएको थियो ।

साथै लायन्स रविन्द्र रिमालले ले लियो, लायन्स क्लबहरुको वार्षिक प्रतिवेदन,बजेट व्यवस्थापन र क्लब सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापन प्रकिया बारे प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रमको दोस्रो दिन लायन्स संतोष राईले वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन, स्पोन्सरसिप व्यवस्थापन र वित्तीय पारदर्शिता विषयमा प्रशिक्षण दिनु भएको थियो ।

दोस्रो दिनको अन्तिम सत्रमा लियो अकास दहालले लियो अध्यक्ष, सचिव, कोषाध्यक्ष र समितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार का विषयमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमको पहिलो दिन अर्थात् २५ जुलाईको समुदघाटन सत्रमा निवर्तमान जिल्ला अध्यक्ष लियो आकृति न्यौपाने, लायन्स मनोज सापकोटा, लायन्स किशोर भक्त श्रेष्ठ , लायन्स रविन्द्र रिमाल , जिल्ला सल्लाहकारहरुमा लायन्स प्रनिता शर्मा बराल ,लायन्स भुवन प्रसाद नेपाल,लायन्स इन्द्र बहादुर कार्की,लायन्स डा. सुवास कुमार घिमिरे,लायन्स उधव बहादुर महरा,लायन्स जिवनाथ खतिवडा,लायन्स सुमन सिंह थापा , लायन्स प्रज्वलन भट्टराई , लायन्स संतोष यादव, लियो श्रेयास पौडेलको पस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रमको दोस्रो दिन समापन सत्रका प्रमुख अतिथि पास्ट मल्टिपल डिस्टिक प्रेसिडेन्ट (मल्टिपल डिस्टिक ३२५ , लायन्सस्टिक इयर २०००/२००१ का लायन्स पुर्ण प्रसाद पालनचौकी थिए भने विशेष अतिथिमा श्रेयास पौडेलको उपस्थित रहेको थियो ।

विशेष अतिथिहरुमा जिल्ला लियो परिषद् ३२५ एफ नेपालका जिल्ला कोषाध्यक्ष लियो लायन्स निराजन कुशवाहा, रिजन मिथिला चेयर पर्सन लियो लायन्स दिपेश कुमार सिंह, एरिया कोर्डिनेटर लियो राज साह र डिस्टिक स्ट्राटिजी डाइरेक्टर लियो विकास साह, रिजन स्वयम्भु नाथ चेयरपर्सन लियो सुजय श्रेष्ठ, कमिटि डाइरेक्टर लियो रजनिश कुमार सिंहको उपस्थित रहेको थियो ।

दोस्रो सत्र कार्यक्रम का प्रमुख अतिथि पुर्ण प्रसाद पालनचौकीले ” नेपालमा काम गरिरहेका लियो र लायन्स क्लबहरुको अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा हुने गरेको बताउनुभयो । वहाँले “थोरै काम गर तर उपयोगी काम गर ,जुन समाजिक हितका लागि होस्” भन्ने सुझाव दिनुभएको थियो। ” युवा नेतृत्व विकासका लागि यस्ता किसिमको कार्यक्रमहरु आवश्यक रहेको र लियोहरुलाई कुनै पनि किसिमको साथ र सहयोग चाहिएको खण्डमा हामी हातेमालाे गर्न तयार रहेको बताउनुभएको थियो ।

लियो जिल्ला परिषद् ३२५ एफ नेपाल अन्तर्गत आयोजना गरिएको उक्त प्रशिक्षणले सहभागीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै लियो अभियानलाई थप प्रभावकारी र सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। ‘सर्भिस ऐभोव सेल्फ’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमले लियो सदस्यहरूबीच सहकार्य, एकता र नेतृत्व विकासलाई थप मजबुत बनाउने सन्देश दिएको कार्यक्रम सञ्चालक एवम् लियो जिल्ला परिषद ३२५ एफ नेपालका जिल्ला सचिव लकेश अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर