
दिवेश कुमार महतो ।
लियो जिल्ला परिषद ३२५ अफ नेपालको आयोजनामा ” बोर्ड स्कुलिङ्ग , क्लब पीभीएसटीएम एण्ड युथ लिडरस ट्रेनिङ” कार्यक्रम सम्पन्न भएको छ ।
जुलाई २५ र २६ मा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित धुलिखेल सनराइज रिसोर्टमा भएको दुई दिवसीय कार्यक्रममा ६० जना भन्दा बढी लियो र लायन्सहरुको उपस्थित रहेको थियो । लियो जिल्ला परिषद ३२५ एफ नेपाल २०२६/२७ का अध्यक्ष लियो अकाश साहको अध्यक्षता र जिल्ला गभर्नर लायन्स इन्टरनेसनल डिस्टिक ३२५ एफ का लायन्स अजय प्रसाद खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अध्यक्ष लियो अकाश साहले सहभागी सबै लियो , लायन्सहरुलाई स्वागत गर्दै खाँदा माला र प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो। आफुलाई जिल्ला अध्यक्षको जिम्मेवारी मा पुर्याउनु हुने सबै लियो र लायन्सहरुलाई धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला लियो क्लब चेयरपर्सन तथा पुर्व जिल्ला गभर्नर फोरम नेपाल का अध्यक्ष लायन्स मधुकर उपाध्यायले ” लियो क्लबहरुको इतिहास, परिचय र यसका मुल्य मान्यता र लियो क्लबको उदेश्य लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो भने लायन्स रामहरि फुयाँल ले डिजिटल नेतृत्व विषयमा प्रशिक्षण दिनु भएको थियो ।
साथै लायन्स रविन्द्र रिमालले ले लियो, लायन्स क्लबहरुको वार्षिक प्रतिवेदन,बजेट व्यवस्थापन र क्लब सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापन प्रकिया बारे प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रमको दोस्रो दिन लायन्स संतोष राईले वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन, स्पोन्सरसिप व्यवस्थापन र वित्तीय पारदर्शिता विषयमा प्रशिक्षण दिनु भएको थियो ।
दोस्रो दिनको अन्तिम सत्रमा लियो अकास दहालले लियो अध्यक्ष, सचिव, कोषाध्यक्ष र समितिका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार का विषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको पहिलो दिन अर्थात् २५ जुलाईको समुदघाटन सत्रमा निवर्तमान जिल्ला अध्यक्ष लियो आकृति न्यौपाने, लायन्स मनोज सापकोटा, लायन्स किशोर भक्त श्रेष्ठ , लायन्स रविन्द्र रिमाल , जिल्ला सल्लाहकारहरुमा लायन्स प्रनिता शर्मा बराल ,लायन्स भुवन प्रसाद नेपाल,लायन्स इन्द्र बहादुर कार्की,लायन्स डा. सुवास कुमार घिमिरे,लायन्स उधव बहादुर महरा,लायन्स जिवनाथ खतिवडा,लायन्स सुमन सिंह थापा , लायन्स प्रज्वलन भट्टराई , लायन्स संतोष यादव, लियो श्रेयास पौडेलको पस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रमको दोस्रो दिन समापन सत्रका प्रमुख अतिथि पास्ट मल्टिपल डिस्टिक प्रेसिडेन्ट (मल्टिपल डिस्टिक ३२५ , लायन्सस्टिक इयर २०००/२००१ का लायन्स पुर्ण प्रसाद पालनचौकी थिए भने विशेष अतिथिमा श्रेयास पौडेलको उपस्थित रहेको थियो ।
विशेष अतिथिहरुमा जिल्ला लियो परिषद् ३२५ एफ नेपालका जिल्ला कोषाध्यक्ष लियो लायन्स निराजन कुशवाहा, रिजन मिथिला चेयर पर्सन लियो लायन्स दिपेश कुमार सिंह, एरिया कोर्डिनेटर लियो राज साह र डिस्टिक स्ट्राटिजी डाइरेक्टर लियो विकास साह, रिजन स्वयम्भु नाथ चेयरपर्सन लियो सुजय श्रेष्ठ, कमिटि डाइरेक्टर लियो रजनिश कुमार सिंहको उपस्थित रहेको थियो ।
दोस्रो सत्र कार्यक्रम का प्रमुख अतिथि पुर्ण प्रसाद पालनचौकीले ” नेपालमा काम गरिरहेका लियो र लायन्स क्लबहरुको अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा हुने गरेको बताउनुभयो । वहाँले “थोरै काम गर तर उपयोगी काम गर ,जुन समाजिक हितका लागि होस्” भन्ने सुझाव दिनुभएको थियो। ” युवा नेतृत्व विकासका लागि यस्ता किसिमको कार्यक्रमहरु आवश्यक रहेको र लियोहरुलाई कुनै पनि किसिमको साथ र सहयोग चाहिएको खण्डमा हामी हातेमालाे गर्न तयार रहेको बताउनुभएको थियो ।
लियो जिल्ला परिषद् ३२५ एफ नेपाल अन्तर्गत आयोजना गरिएको उक्त प्रशिक्षणले सहभागीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै लियो अभियानलाई थप प्रभावकारी र सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। ‘सर्भिस ऐभोव सेल्फ’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमले लियो सदस्यहरूबीच सहकार्य, एकता र नेतृत्व विकासलाई थप मजबुत बनाउने सन्देश दिएको कार्यक्रम सञ्चालक एवम् लियो जिल्ला परिषद ३२५ एफ नेपालका जिल्ला सचिव लकेश अधिकारीले जानकारी दिनुभयो।










