विशेष रिपोर्ट

साउथ सुपरस्टार रामचरणलाई जुम्ल्याहा सन्तान

657 Shares हैदरावाद— साउथ फिल्मका सुपरस्टार रामचरण दोस्रो पटक पिता बनेका छन्। उनकी पत्नी उपासना कोनिडेलाले ३१ जनवरीमा हैदरावादस्थित अपोलो अस्पतालमा जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्।  […]
[sharethis-inline-buttons]
साउथ सुपरस्टार रामचरणलाई जुम्ल्याहा सन्तान
657
Shares

हैदरावाद— साउथ फिल्मका सुपरस्टार रामचरण दोस्रो पटक पिता बनेका छन्। उनकी पत्नी उपासना कोनिडेलाले ३१ जनवरीमा हैदरावादस्थित अपोलो अस्पतालमा जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्। 

रामचरणका पिता एवं दिग्गज अभिनेता चिरञ्जीवीले सामाजिक सञ्जालमार्फत यो खुसीको खबर सार्वजनिक गर्दै उपासनाले एक छोरा र एक छोरीलाई जन्म दिएको जानकारी दिएका छन्। चिरञ्जीवीले आफ्नो आधिकारिक ‘एक्स’ (ट्विटर) अकाउन्टमा लेखेका छन्, æअत्यन्तै खुसी र हृदयदेखिको आभारका साथ हामी यो जानकारी गराउँदछौँ कि रामचरण र उपासनालाई जुम्ल्याहा सन्तान, एक छोरा र एक छोरीको आशीर्वाद प्राप्त भएको छ। आमा र दुवै बच्चाको स्वास्थ्य अवस्था राम्रो छ। हजुरबुबा–हजुरआमाका रूपमा यी साना पाहुनालाई परिवारमा स्वागत गर्न पाउनु हाम्रा लागि शुद्ध आनन्द र ईश्वरीय आशीर्वादको क्षण हो।’

खुसीको खबर पाएपछि रामचरण आफ्नी जेठी छोरी क्लिन कारालाई लिएर अपोलो अस्पताल पुगेका थिए। अस्पताल बाहिर मिडिया र प्रशंसकको ठुलो भीड जम्मा भएको थियो। 

रामचरण र उपासनाले सन् २०१२ मा विवाह गरेका थिए। विवाहको ११ वर्षपछि सन् २०२३ मा उनीहरूले जेठी छोरी क्लिन कारालाई स्वागत गरेका थिए। 

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर