ढल्केबर – २ गते ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय लेटाङ मोरङमा कार्यरत प्रहरी निरीक्षक सागर साहलाई २०८३ साल वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक सागर साहले विभिन्न मितिमा फैसला कार्यन्वयन अन्तर्गत उल्लेख्य संख्यामा फरार प्रतिवादीहरुलाई पक्राउ गरी गर्न सफल भएका छन् ।
फरार प्रतिबादीहरुलाई अदालतमा उपस्थित गराउनुको साथै प्रविधिमैत्री प्रहरी सेवा प्रवाह ,ड्रोन क्यामेरा (Drone Camera) को माध्यमबाट अपराधको रोकथाम, अनुसन्धान गर्ने कार्य प्रभावकारी रुपमा सम्पादन गरेको देख्नुको साथै नागरिक सहायता कक्षमा डिस्पले बोर्ड (Display Board) जडान गरी सचेतनामुलक सन्देशहरु प्रवाह गरेका छन् ।
संचार शाखाको निर्माण कार्य , हिरासत कक्षमा पुस्तकालय स्थापना गरी उल्लेखनिय रुपमा नवप्रवर्धनात्मक कार्यहरुलाई बढावा दिई नागरिक र प्रहरी बीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपुर्ण भूमिका निर्वाह गरेको ले प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।











