जनकपुरधाम— महोत्तरीको बर्दिबास नगरपालिका–३, राजाबास गाउँबाट करिब ११ फिट लामो र झण्डै ६ किलोग्राम तौल भएको दुर्लभ राजगोमन सर्प को सफल उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छोडिएको छ।

बाख्राको खोर नजिकै राखिएको दाउराको थुप्रोमुनि लुकेर बसेको अवस्थामा उक्त सर्प फेला परेको थियो । मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार ट्रस्टका सुबोध आचार्य, गौतम मण्डल तथा सबडिभिजन वन कार्यालय लालगढको संयुक्त टोलीले सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको हो ।

उद्धारपछि सर्पलाई नजिकैको सामुदायिक वन क्षेत्रमा लगेर पुनःस्थापना गरिएको छ । अध्यक्ष मण्डलका अनुसार चुरे क्षेत्र राजगोमन सर्प को प्राकृतिक बासस्थान भएकाले सोही वातावरणमा छोडिएको हो ।

उद्धार टोलीले स्थानीय बासिन्दालाई सर्पको बानी–व्यवहार, यसको वातावरणीय महत्व तथा यस्ता सर्प देखिएमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने उपायबारे सचेतना समेत प्रदान गरेको जनाएको छ।

राजगोमन सर्प विश्वकै सबैभन्दा लामो विषालु सर्पमध्ये एक मानिन्छ, र यसको संरक्षण जैविक विविधता सन्तुलनका लागि अत्यन्त महत्वपूर्ण रहेको संरक्षणकर्मीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip