धनुषा— स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय धारापानी धनुषाले दुईदिने बाख्रा पालन सम्बन्धी तालिम सञ्चालन गरेको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–५, चिसापानीस्थित त्रिभुवन माध्यमिक विद्यालयको सभाहलमा शाखा प्रबन्धक मणिराज चेम्जोङको अध्यक्षतामा उक्त तालिम सुरु गरिएको हो ।
कार्यक्रममा इलाका प्रबन्धक चन्द्र थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।तालिममा पशु प्राविधिक निर्गुण कुमार महतोले सहजीकरण गरिरहेका छन् ।

स्वावलम्बनसँग आबद्ध ३६ जना सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रमको सञ्चालन शाखाका लेखा शिवनारायण शाहले गरेका थिए । कार्यक्रममा स्थानीय सरोकारवालासहित विभिन्न व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।











