विशेष रिपोर्ट

मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ

657 Shares काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार शीतल निवासमा आयोजित एक समारोहकाबिच मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनियताको शपथ गराएका […]
[sharethis-inline-buttons]
मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए शपथ
657
Shares

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार शीतल निवासमा आयोजित एक समारोहकाबिच मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

यसअघि राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका थिए । 

नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई मङ्गलबारबाट लागु हुने गरी पदमुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

कानुनविपरित मुख्यमन्त्री नियुक्त गरेको भन्दै सरकारले सोमबार भण्डारीलाई  पदमुक्त गर्न सिफारिस गरेको थियो ।

भण्डारी मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति र शपथ विवादमा परेकी थिइन् । बिरामी भएँ भनेर जनकपुरबाट काठमाडौँ प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान बर्दिबासको एक होटलमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी थिइन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर