विशेष रिपोर्ट

मधेसमा मन्त्री बन्ने सांसदलाई राप्रपाले सोध्यो स्पष्टीकरण

657 Shares काठमाडौँ— पार्टीको हितविपरीत मधेस प्रदेशमा मन्त्री बनेकी सांसदलाई राप्रपाले स्पष्टीकरण सोधेको छ । सरोजकुमार यादव नेतृत्वको विवादित सरकारमा मन्त्री बन्न गएकी पार्टीकी एक्ली […]
[sharethis-inline-buttons]
मधेसमा मन्त्री बन्ने सांसदलाई राप्रपाले सोध्यो स्पष्टीकरण
657
Shares

काठमाडौँ— पार्टीको हितविपरीत मधेस प्रदेशमा मन्त्री बनेकी सांसदलाई राप्रपाले स्पष्टीकरण सोधेको छ । सरोजकुमार यादव नेतृत्वको विवादित सरकारमा मन्त्री बन्न गएकी पार्टीकी एक्ली सांसद कञ्चन बिच्छा साहलाई राप्रपाको केन्द्रीय अनुशासन आयोगले मंगलबार स्पष्टीकरण सोधेको हो। 

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले विच्छालाई अनुशासन समितिका सदस्य भक्ति प्रसाद सिटौलाको हस्ताक्षरमा २४ घण्टे स्पष्टीकरण सोधिएको बताए । पार्टी र पार्टीका नेतृत्वसँग कुनै छलफल र परामर्श नगरी एमाले नेतृत्वको सरकारमा समावेश हुनु पार्टीको नीति, सिद्धान्त र हित विपरीत भएको राप्रपाको ठहर छ । 

‘…यस सम्बन्धमा तपाईंलाई राप्रपाको विधान बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने हो ? नपर्ने भए प्रमाणसहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न अनुशासन समितिको निर्णयअनुसार अनुरोध गरिन्छ’, स्पष्टीकरण पत्रमा भनिएको छ । 

यसअघि सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । उनले यो कार्य अनुशासनको गम्भीर उल्लङ्घन भएको टिप्पणी गर्दै राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए । तर, उनले हालसम्म राजीनामा दिएकी छैनन् ।

उसो त मधेसमा नयाँ सरकार गठन हुँदा प्रदेश प्रमुखले जालझेल गरेको आरोप छ । सोही आरोपमा सङ्घीय सरकारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिसकेको छ । उनले नयाँ मुख्यमन्त्री नियुक्त गरेको विषयमा सर्वोच्चमा रिट समेत दायर भएको छ । 

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर