विशेष रिपोर्ट

कुलिङ पिरियडको गडबडी छानबिन गर्न बन्यो ७ सदस्यीय विशेष संसदीय समिति

657 Shares काठमाडौं— संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ । सभामुख देवराज घिमिरेसहित विभिन्न दलका […]
[sharethis-inline-buttons]
कुलिङ पिरियडको गडबडी छानबिन गर्न बन्यो ७ सदस्यीय विशेष संसदीय समिति
657
Shares

काठमाडौं— संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ ।

सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि उक्त विषयको छानबिनका लागि समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार समिति ७ सदस्यीय रहनेछ ।

जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २/२ सदस्य रहनेछन् । त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १/१ जना सदस्य रहनेछन् ।

बर्तौलाका अनुसार संसद्को नियमावलीको १८० बमोजिम उक्त समिति बनाउने निर्णय भएको हो ।

उनका अनुसार समितिमा रहने सदस्यहरूको नामावली सोमबार सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर