विशेष रिपोर्ट

यो सरकारको सोचै गलत छ : शेखर कोइराला

657 Shares काठमाडौँ— नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले किसानप्रति सरकारको सोच नै गलत रहेको बताएका छन् ।शनिबार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा आयोजित […]
[sharethis-inline-buttons]
यो सरकारको सोचै गलत छ : शेखर कोइराला
657
Shares

काठमाडौँ— नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले किसानप्रति सरकारको सोच नै गलत रहेको बताएका छन् ।शनिबार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको बताएका हुन् । 

उनले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकोप्रति आपत्ति जनाए । मन्त्रीहरूलाई विदेश भ्रमण जान चार पटक जति रोके डेढ अर्ब पैसा तत्काल निस्किने उनको भनाई छ ।

उनले भने, ‘अब छिटो भन्दा छिटो नेपाली काँग्रेसको नेतृत्व सभापतिजीले नै लिनुहुन्छ । लिएर अगाडि बढ्नुहोस् । सकारात्मक सोचबाट हामी अघि बढौँ । हामी सक्छौँ । हाइड्रो पावरमा हामीले ध्यान दिनुपर्छ । यो सामान्य खेती गरेर मात्रै हुँदैन, तपाईंहरुलाई लाग्ला यसले बढी बोल्यो भनेर तर म अहिले पनि २० बिगाह उखु लगाउँछु । २० बिगाह छ मेरो । यो सरकारको सोच कति गलत छ हेर्नुस् । सभापतिजीलाई थाहा नै छैन । २५ वर्षदेखि सुगर किन्न अनुदान दिइरहेको थियो । उखु किसानलाई । यस पटक अनुदान छैन, किनभने सरकारसँग पैसा छैन । जम्मा डेढ अर्ब लाग्थ्यो । मन्त्रीहरू विदेश गएको गई देख्छु । दुई चार पटक मन्त्रीहरू विदेश नगइदिए त डेढ अर्ब त यहीँ उठिहाल्छ । यस्तो सोच राखौँ । आम किसानलाई त दिनुपर्छ । किसानलाई नयाँ टाइपले हेर्नुपर्छ ।’

सांसद कोइरालाले अहिले नेपालमा केही पनि भएन, केही गरेनन् भन्ने भाष्य निर्माण गरिएको बताए । गर्न सकिँदैन भन्ने नभई हामी सक्छौँ भन्ने सोच बनाउन जरुरी रहेको उनले जिकिर गरे ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर