काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजादेखि गणतन्त्रसम्म अट्नसक्ने समझदारी अहिलेको आवश्यकता भएको औंल्याएका छन् । मंगलबार बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिलेको अवस्थामा देशअघि बढ्न नसक्ने बताउँदै उनले नयाँ समझदारीको आवश्यकता रहेको बताए ।

‘नयाँ समझदारीमा राजादेखि अहिले गणतन्त्रका सबै नेता अटाउने छन् । अब यसरी देश अगाडि बढ्न सक्दैन । नयाँ तरिकाले नयाँ समझदारी गरेर जानुपर्छ’, उनले भने ।

कसैले कसैलाई अपमानित गरेको महसुस नहुने व्यवस्थाको अपरिहार्यता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip