• धर्मेन्द्र कुमार महतो

धनुषा— नेकपा एमालेले धनुषाको बटेश्वर गाउँपालिका–१ मा वडा अधिवेशन तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । वडा कमिटीका अध्यक्ष राजदेव महतोको अध्यक्षता तथा एमालेका नेता तथा प्रदेश सांसद हरिनारायण महतोको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पार्टीका केन्द्रीय सल्लाहकार टंकु बराल तथा अतिथिका रूपमा प्रदेश कमिटी सदस्यहरू डम्बर बहादुर क्षेत्री, राम कुमार महतो, तारा बस्नेत लामा, महेश बस्नेत, हिरालाल महतोलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, जिल्ला कमिटी सदस्यहरू उमेश महतो, सिङमान घिसिङ, गंगाराम राय फुवर, अमर करवाल, धिरेन्द्र मण्डल, इन्दिश सिंह, तथा गापा कमिटीका अध्यक्ष राम खेलावन महतो, गा.पा उपाध्यक्ष रमेश सिङदन, सचिव रञ्जित लामा, रामपुजन महतो, बाल कुमारी मगर, रेणु पुलामी मगर (अ.ने.म. में जिल्ला सचिव), निरंजन प्रसाद गौतम (मदन भण्डारी स्पोट्र्स एकेडेमी म.प्र. प्रतिनिधि), शंका लामा (अने. कि. महासंघ गा.पा अध्यक्ष) को पनि विशेष उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमले पार्टी संगठनलाई थप सशक्त बनाउने विश्वास लिइएको छ ।

(महतो सञ्चार ब्यूरोका प्रशिक्षार्थी सम्वाददाता हुन्)

प्रतिक्रिया

सम्बन्धित खवर

Skip