विशेष रिपोर्ट

रिहा भएपछि दुर्गा प्रसाईंले भने– मेरो लडाइँ जारी रहन्छ

657 Shares काठमाडौँ— मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नो लडाई जारी रहने बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका उनले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने […]
[sharethis-inline-buttons]
रिहा भएपछि दुर्गा प्रसाईंले भने– मेरो लडाइँ जारी रहन्छ
657
Shares

काठमाडौँ— मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नो लडाई जारी रहने बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका उनले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने बताएका हुन् । 

उनले भने, ‘मेरो  लडाई जारी छ । तस्करहरुविरुद्धको लडाई जारी रहने छ । यो लडाईबाट दुर्गा प्रसाईं भाग्दैन । मेरो बोली भनेको सर्वहारा भुईँ मान्छेको बोली हो । उत्पीडन वर्गको बोली हो । कम्युनिस्टहरुले बोल्नु पर्ने आज मैले बोल्नुपर्‍यो ।’ 

अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले सीआईबी र साइबर दुबैसँग आफ्नो नङ र मासुको सम्बन्ध भएको बताए  । उनले अव आफ्नो राजनीतिक यात्रा सुरु भएको उल्लेख गरे ।  

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।  सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर