विशेष रिपोर्ट

राष्ट्रपतिको बाकु भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

657 Shares काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डल कात्तिक २५ गते ५ दिने भ्रमणका लागि […]
[sharethis-inline-buttons]
राष्ट्रपतिको बाकु भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत
657
Shares

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डल कात्तिक २५ गते ५ दिने भ्रमणका लागि अजरबैजानको बाकु जाने भएको हो  ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल नेतृत्वको टोली त्यसतर्फ जान लागेको हो । राष्ट्रपति नेतृत्वको भ्रमण टोलीको खर्च नेपाल सरकारले बेहोर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर