document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3475;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
भक्तपुर— किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।
गुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई चौलागाईंले भक्तपुर नगरपालिका–४ स्थित भक्तपुर गेष्टहाउसमा ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
यही असार ५ गते बालिकालाई घुम्न जाने भन्दै फकाएर भक्तपुर ल्याएको र भक्तपुरमा आएपछि खाजा नास्ता खाउँ भनी भक्तपुर गेष्टहाउसमा लगेर डर धाकधम्की दिई जबरजस्ती बलात्कार गरेको किशोरीले बयान दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
प्रहरीले चौलागाईंलाई काठमाडौँ सुन्धारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । यही असार ५ गते बिहान १० बजे किशोरी हराएपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएकी थिइन् ।
निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौँको प्रहरी टोलीले आइतबार किशोरीलाई सुन्धारामा फेला पारेर भक्तपुर प्रहरीलाई बुझाएको थियो । रासस









