document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3427;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडाैं— ४० हजार घुस रकम सहित सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख अख्तियार दुरुपयोग आयोगको नियन्त्रणमा परेका छन् ।
अख्तियारले निलकन्ठ सव डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत आठौँ तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेललाई घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने ४० हजार रुपैयाँ दिनुपर्छ भनी घुस/रिसवत माग गरेको पाइएको अख्तियारले जनाएको छ ।
अख्तियारले भनेको छ,’उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज कृष्ण प्रसाद पौडेललाई सेवाग्राहीबाट रु. ४०,०००।– (चालीस हजार रुपैयाँ) घुस/रिसवत लिएको अवस्थामा निजलाई उक्त रकमसहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’









