document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3367;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी— इङल्यान्डले बेम्बली रंगशालामा भएको खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरीमै चित्त बुझाएको छ । यस जीतसँगै इङल्यान्डले समूह डीमा ४ अंक बटुलेको छ भने स्कटल्यान्ड एक अंकमै सिमित बनेको छ ।
यसअघि सुरुवाती खेलमा क्रोयशियालाई इङल्यान्डले १–० ले हराएको थियो । यता, चेक गणतन्त्रले स्कटल्यान्डलाई २–० ले हराएको थियो ।
अब स्कटल्यान्डसामु कुनै हालतमा क्रोयशियाविरुद्ध अन्तिम खेलमा जित निकाल्नुपर्ने अवस्था निम्तिएको छ ।
लण्डनस्थित रंगशाला इङल्यान्डको घरेलु मैदान भएपनि यहाँ उपस्थित स्कटिस समर्थकहरुको बाक्लो संख्याले ग्लासगो शहरकै झल्को दिन्थ्यों ।
खेलको दशौं मिनेटमै इङल्यान्डले अग्रता लिने राम्रो अवसर गुमायो, जोन स्टोन्सले गरेको हेडर पोष्ट नजिकैबाट बाहिरिएको थियो । मासोन माउन्टले पनि पहिलो हाफमा स्कटल्यान्डलाई ठूलो दबाब दिएका थिए ।
यता, स्कटल्यान्डले पनि दोस्रो हाफमा केही अवसर सिर्जना गरेको थियो । यस बराबरीपछि चेक गणतन्त्र र इङल्यान्डको अंक बराबर छ । तर, गोलअन्तरमा चेक अघि छ । चेक गणतन्त्र र क्रोयशियाले पनि शुक्रबार १–१ गोलको बराबरी खेलेका थिए ।









