विशेष रिपोर्ट

प्रदेश २ : टिपरको ठक्करबाट एक सञ्चारकर्मीको निधन

657 Shares सर्लाही— सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको ज्यान गएको छ। मृत्यु हुनेमा सर्लाहीको इश्वरपुर नगरपालिका–१३ गौरिशंकर बस्ने रामबृक्ष महतोका छोरा ३० वर्षीय अर्जुन महतो […]
[sharethis-inline-buttons]
प्रदेश २ : टिपरको ठक्करबाट एक सञ्चारकर्मीको निधन

सर्लाही— सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको ज्यान गएको छ।

मृत्यु हुनेमा सर्लाहीको इश्वरपुर नगरपालिका–१३ गौरिशंकर बस्ने रामबृक्ष महतोका छोरा ३० वर्षीय अर्जुन महतो रहेका छन्।

सर्लाहीको हरिपुर्वा नगरपालिका ८ वसन्तपुर मुखिया चौकमा अपराह्न ४ बजे हरिपूर्वातिर जाँदै गरेको टिपरले विपरीत दिशातिर आउँदै गरेको ज ७ प ९०४२ नम्बर को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना पश्चात् स्थानीयबासीले टिपर जलाएका छन्। टिपरको नम्बर खुल्न सकेको छैन। घटनाविरुद्ध स्थानीयले सडक समेत अवरुद्ध गरेका छन्। चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

मृतक महतो महोत्तरीको गौशाला स्थित रेडियो जुनतारा १०३।४ मेगाहर्जमा कार्यक्रम सञ्चालक तथा मार्केटिङको काम गर्थे।

साभार : नेपालखबर

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर