document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3317;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडाैं— भूपालमानसिंह कार्की प्रज्ञा परिषद्ले बाढी र पहिरोका कारण मानवीय तथा भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र लगायतका पीडितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
परिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा शुक्रवार बसेको बैठकले सो रकम एभिन्युज टेलिभिजनमार्फत प्रदान गर्ने निर्णय गरेको परिषद्का सदस्यसचिव नरेन्द्रराज प्रसाईंले विज्ञप्ति जारी गरी बताएका छन् ।
परिषद्ले एभिन्युज टेलिभिजनमार्फत नै गत वर्ष पनि कोरोना संक्रमण पीडितका लागि सातै प्रदेशमा खाद्यान्न, स्वास्थ्य सामग्री र मास्क गरेर ३१ लाख ३० हजार रुपैयाँ प्रदान गरेको थियो । रासस









