document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3233;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
धनुषा— उपप्रधानमन्त्री राजेन्द्र महतोले धनुषाको मुखियापट्टी मुसहरनियाँमा आज पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
घटना उपप्रधानमन्त्री महतो निर्वाचित धनुषाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने मुखियापट्टी मुसहरनियाँको हो ।
उपप्रधानमन्त्री महतोद्वारा जारी शोक सन्देशमा सो घटनाले आफूलाई मर्माहत तुल्याएको जनाउँदै दुर्घटनाबारे थाह पाएलगत्तै आफूले धनुषाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरेर घटनाको सत्य तथ्य विवरण जानकारी गराउन र उचित क्षतिपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएको उल्लेख गरिएको छ ।
धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बालिकाहरु बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको बताए । प्रहरीले घटनास्थल पुगेर प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको जनाइएको छ । रासस









