document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3224;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम— घुस काण्डमा मुछिएपछि फरार धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत तीन महिनापछि घर फर्केका छन्। अध्यक्ष राउत अख्तियारको कानुनी डण्डाबाटे उन्मुक्ति पाएर शुक्रबार अपरान्ह घर आइपुगेका हुन्।
बटेश्वर गाउँपालिका वडा नं। ४ स्थित रहेको निवासमा उनी आएका छन्। त्यहाँ उनलाई स्वागत गर्न नेकपा ९एमाले० ओली पक्षका नेता कार्यकर्ताको भीड लागेको छ।
गएको फागुन १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले धनुषाको सखुवा महेन्द्रनगरबाट पछ्याएपछि गाउँपालिका अध्यक्ष राउत ८ लाख घुस रकम फालेर भागेका थिए।
गाउँपालिकाको गाडीसहित चालक वीरबहादुर मगरलाई अख्तियारले नियन्त्रणमा लिएको थियो भने उनले फालेर भागेको ८ लाख रुपैयाँ घुस सुक्जोर खोलाको किनारबाट बरामद गरेको थियो।
चालकलाई फेरि हाजिर हुने सर्तमा छाडेको थियो। गाउँपालिका अध्यक्षले कार्यालयको भवन निर्माण योजनाको भुक्तानीको लागि ठेकेदारबाट ८ लाख रुपैयाँ घुस लिएका थिए।
घटना पश्चात तीन महिनादेखि उनी फरार रहेका थिए। यद्यपि दुई महिनादेखि उनी आफन्त तथा आफ्नो पार्टीका नेता कार्यकर्तासँग टेलिफोन सम्पर्कमा थिए। अख्तियारबाट सफाया पत्र लिएर उनी घर आएको श्रोतले जनाएको छ।
सुरुमा माधव नेपाल पक्षको कोटाबाट पालिका अध्यक्षमा निर्वाचन लडेर विजयी भएका राउत पछिल्लो समय कानुनी कारबाहीबाट बच्न ओली पक्षमा लागेको स्थानीय बताउँछन्। उनलाई अख्तियारबाट बच्न ओली पक्षले सहयोग गरेको चर्चा छ।
गाउँपालिका कार्यालयमा प्रवेश निषेधको लागि संघर्ष समिति
यता बटेश्वर गाउँपालिका कार्यालयमा उनलाई निषेध गर्न सर्वदलीय बैठकले शुक्रबार १०१ सदस्य संघर्ष समिति गठन गरेको छ। नेकपा माओवादी केन्द्र, जसपा र कांग्रेसका एक पक्ष, युवाहरु लगायतले संघर्ष समिति गठन गरेका हुन्।
भ्रष्टाचारी अध्यक्षलाई अख्तियारले कारबाही नगरेपनि जनताले कारबाही गर्ने भन्दै कार्यालयमा निषेध गर्ने व्यानरहरु समेत संघर्ष समितिले ठाउँ ठाउँमा लगाएका छन्।
ुभ्रष्टाचारी अध्यक्ष चाँहिदैन, कमिसनखोर अध्यक्षलाई निषेधु सहितको नारासहित संघर्ष समितिले शुक्रबार दिउँसो अध्यक्ष राउतको विरोध र निषेधको ब्यानर लगाएका हुन्।
संघर्ष समितिले उनको विरोधमा शुक्रबार साँझ मसाल जुलुस गर्ने र शनिबार बिहान लाठी जूलुस गर्ने निर्णय गरेको जसपाका नेता राजकिशोर यादवले जानकारी दिए।
साभार : नेपालखबर









