document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3218;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम— धनुषामा चट्याङ लागेर दुई बालक घाइते भएका छन् ।
शुक्रबार वर्षासँगै परेको चट्याङबाट जनकपुरधाम उपमहानगरपालिका १ स्थित पुलचोक बस्ने हकिम साफीका ११ वर्षीय छोरा रहान साफी र साबिक शेखका १२ वर्षीय छोरा शहीद शेख घाइते भएको प्रहरीले जनाएको छ ।
जनकपुरधामको पुल्चोकस्थित रेल्वे स्टेशन नजिकै चट्याङ लागेर दुबै बालक घाइते भएको धनुषाको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । पिपलको रुखमा चटयाङ खस्दा रुखमुनि खेलिरहेका दुई बालक घाइते भएका हुन् ।
घाइतेमध्ये रहान साफीको अवस्था गम्भीर रहेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मिश्रले जानकारी दिए । घाइते दुबै बालकको स्थानीय रामजानकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।









