विशेष रिपोर्ट

नागरिकता माग्दै प्रदर्शनमा उत्रिए नागरिकता पीडित युवा

657 Shares जनकपुरधाम— नागरिकता अध्यादेश कार्यान्वयनमा सर्वोच्चले रोक लगाएपछि युवाहरुले धनुषाको ढल्केवरमा प्रदर्शन गरेका छन् । नागरिकता दिनुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । […]
[sharethis-inline-buttons]
नागरिकता माग्दै प्रदर्शनमा उत्रिए नागरिकता पीडित युवा

जनकपुरधाम— नागरिकता अध्यादेश कार्यान्वयनमा सर्वोच्चले रोक लगाएपछि युवाहरुले धनुषाको ढल्केवरमा प्रदर्शन गरेका छन् । नागरिकता दिनुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

शुक्रवार ढल्केवरचौकमा युवाहरूले जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने माग गर्दै प्लेकार्ड बोकेर नाराबाजी गर्दै प्रदर्शन गरेको स्थानीय युवा जितेन्द्र महतोले जानकारी दिए । उनीहरुले प्लेकार्ड बोकेर चोकको विभिन्न भागमा परिक्रमा गरेका थिए ।

प्रदर्शनमा सहभागी युवाहरुले मधेशीमाथि दमन गर्न पाइदैन, जन्मसिद्ध नागरिकता भएका सन्तानलाई बंशजको आधारमा नागरिकता प्रदान गर, गैरनागरिक बनाउन पाइँदैन, देशका असल नागरिक पहिचान गर, संविधान संशोधन छिटो गर जस्ता नारा उल्लेखित प्लेकार्ड बोकेर चर्को नाराबाजी गरेका थिए ।

विरोध र्याली पश्चात ढल्केवरस्थित शहिद स्मार्क पार्क अगाडी पुगेर कोणसभामा परिणत भएका थिए । कोणसभामा बोल्दै धनुषाका गणेशमान चारनाथ नगरपालिका–३ का इन्द्रजीत साफीले आफु सिभिल इन्जिनीयर पढेपनि नागरिकता नभएकै कारण बेरोजगार भएर बस्नु परेको दुखेसो सुनाउँदै भावुक भए ।

उनले संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका हजारौं नेपालीका सन्तानहरु अझै पनि नागरिकताविहीन रहेको बताए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर