काठमाडौं— जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री बन्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिपरिषदमा जसपा नेता यादवको पनि नाम रहेको बताइएको छ ।
स्रोतका अनुसार यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने बुझिएको छ ।
यसअघि शुक्रबार विस्तार भएको मन्त्रीपरिषद्मा मन्त्री बन्न नपाएका उनलाई बिहीबार फेरि विस्तार भएको मन्त्रिमण्डलमा राखिएको हो ।









