विशेष रिपोर्ट

प्रदेश २ : नवनियुक्त तीन मन्त्रीले लिए सपथ, को-को बने मन्त्री?

657 Shares जनकपुरधाम— नेपाली कांग्रेस अन्ततः प्रदेश २ सरकारमा सहभागी भएका छन् । कांग्रेसका तर्फबाट सरकारमा नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् […]
[sharethis-inline-buttons]
प्रदेश २ : नवनियुक्त तीन मन्त्रीले लिए सपथ, को-को बने मन्त्री?

जनकपुरधाम— नेपाली कांग्रेस अन्ततः प्रदेश २ सरकारमा सहभागी भएका छन् । कांग्रेसका तर्फबाट सरकारमा नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

कांग्रेसका तर्फबाट रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा बिकास र बिरेन्द्र सिंह महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रीको सपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. राजेश झाले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

नवनियुक्त मन्त्री यादव कांग्रेस कांग्रेस संसदीय दलका नेता हुन् । धनुषाबाट प्रत्यक्ष निर्वाचित उनी कांग्रेसबाट नेतृत्व गरी सरकारमा सहभागी भएका छन् । पर्सा घर भएका शर्मा समानुपातिक र सिंह सर्लाही ४ ‘क’बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर