विशेष रिपोर्ट

करेन्ट लागेर एक बालकको मृत्यु

657 Shares झापा— विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनास […]
[sharethis-inline-buttons]
करेन्ट लागेर एक बालकको मृत्यु

झापा— विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो ।

घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

छ दिनअघि मात्र कचनकवल गाउँपालिका–६ का ४० वर्षीय डोलु आलम मियाको पानी खाने क्रममा पानी तान्ने मोटरबाट नै करेन्ट लागि मृत्यु भएको थियो । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर